ताजा अपडेट »

पठानप्रति नेपाली दर्शकको क्रेज : क्यूएफएक्समा पहिलो शो हाउसफूल हुने, शनिबारसम्मकै बुकिङ खुला

आइतबार, ०८ माघ २०७९, ०९ : ४८
26 Shares

बुटवल । अभिनेता शाहरुख खानको चार वर्षपछिको कमव्याक फिल्म ‘पठान’ यही बुधबार अर्थात जनवरी २५ बाट रिलिज हुँदैछ । फिल्म रिलिजको तयारी भइरहँदा अभिनेता शाहरुख खान र उनका फ्यान जति उत्साहित छन्, त्यो भन्दा बढी उत्साह हलवालामा छ । भारतका सीमित ठाउँमा मात्र फिल्मको बुकिङ खुलिरहँदा दर्शकले सबै हलमा बुकिङ खोल्न माग गरिरहेका छन् । अधिकांश हलवालाले लामो समयसम्म दर्शकहरु फिल्म हेर्न हलमा नआइरहँदा फिल्म ‘पठान’ले ती दर्शक पुनः हलमा आएर टिकट बुक गर्न थालेको बताएका छन् ।

फिल्म व्यापार विश्लेषक तरण आदर्शले ‘पठान’ प्रति फिल्म उद्योगका सबैजना उत्साहित र आशावादी रहेको बताए । ‘मैले प्रमुख तीन प्रदर्शकसँग कुरा गरेको थिएँ । उनीहरु खुशीले उफ्रिएका छन् । उनीहरु फिल्मलाई २५ जनवरीभन्दा अगाडि नै ल्याउन माग गरिरहेका छन् । एउटा फिल्मको लागि सिंगो उद्योग नै आश्रित हुनु एउटा दुर्लभ उदाहरण नै हो । यसले अगाडिको बाटो देखाउनेछ । पहिलो त्रैमासिकमा धेरै राम्रा फिल्म आउँदैछन् । तर जब पहिलो बलमा चौका मारिन्छ, त्यसको महत्व नै फरक पर्छ’, तरुण भन्छन् ।

यसैबीच बुधबारदेखि प्रदर्शनमा आउने पठानका लागि बुटवलको क्यूएफएक्सले दर्शकहरुलाई टिकट बुकिङ खुला गरेको छ । पहिलो दिनको हाउसफुल हुने भएपछि शनिबारसम्मकै लागि बुकिङ खुला गरिएको म्यानेजर महेश्वर गिरीले जानकारी दिए । २ वटा स्क्रिन माफर्त दैनिक १० शो देखाइने क्यूएफएक्समा ४ सय जना दर्शक क्षमता रहेको छ । यसअघि प्रदर्शनमा आएको हिन्दी फिल्म अवतारको तुलनामा दर्शकको आक्रर्षण पठानमा बढी देखिएको उनले दाबी गरे । लामो समयको कोरोना महामारी तथा फिल्मी क्षेत्रमा लागेको ब्रेकलाई यस पटकको चलचित्रले तोड्न सफल रहने गिरीले अपेक्षा गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।