ताजा अपडेट »

यस्तो रहनेछ आजको मौसम

आइतबार, ०८ माघ २०७९, ०७ : ५१
24 Shares
आइतबार, ०८ माघ २०७९
24 Shares

काठमाडौं । आज बिहान प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रहेको छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति वाग्मती प्रदेश, मधेस प्रदेश, प्रदेश–१ का पहाडी भू–भागमा आंशिक बदली रहने छ । महाशाखाका अनुसार देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।