ताजा अपडेट »

सकियो कृषि मेला , कृषिको व्यवसायिकरणमा जोड

शनिबार, २६ माघ २०७५, १४ : ३८
8 Shares

माघ २६,बुटवल । प्रदेश पाँच भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवलमा सञ्चालन भएको कृषि मेला शनिबार सकिएको छ ।मेलामा झण्डै ५० हजार जनाले अवलोकन गरेको र ४० लाखको कारोबार भएको आयोजक बुटवल वाणिज्य संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिए । उनले कृषिलाई प्रविधि र किसानसँग् जोड्न र व्यबसायिक विकासलाई जोड दिएर मेला आयोजना गरिएको बताए । मेलाको समापन गर्दै बुटवल नगरपालिकाका प्रमुख शिवराज सुवेदीले कृषिको व्यवसायिक विकास बिना मुलुकको समृद्धि सम्भव नभएको बताए । उनले कृषिको व्यवसायिक विकासकालागि उपमहानगर लागि परेको बताउँदै बुटवलमा बृहत स्तरको थोक मन्डि निर्माण गरिने र आन्तरिक तथा बाह्य मुलुकबाट समेत आयात भएको तरकारी तथा फलफूल ग्रेडिङ् गरेर देशभर बिक्रि तिवरणको प्रबन्ध मिलाइने बताए ।


मेलामा सहभागि स्टल मध्ये लुम्बिनी हाइड्रो पोनिक्स प्रथम, प्रेम निशा अल्लो धागो तथा तयारी पोशाक र गुप्ता नर्सरी द्वितीय, कृषि संग्रालय र माडी टर्की फार्म तृतीय तथा देउराली प्राबिधिक शिक्षालय, लुम्बिनी बोर्डिङ्, एग्रो पार्क एण्ड रिसर्च सेन्टर, नेपाल ट्रेड होस्ट प्राली, र नेशनल रेफ्रिजरेटर सान्त्वना भएको मुल्याङ्कन समितिका सदस्य बसन्त ढकालले बताउनु भयो । सहभागि मध्यबाट उत्कृष्ट भएका ती स्टललाई सम्मान सहित पुरस्कार प्रदान गरिएको छ ।
मेलामा कृषि उत्पादनतर्फ सहभागि भएका ८६ वटा स्टललाई विधागत रुपमा ११ विधामा विभाजित गरि प्रत्येक विधामा प्रथम, द्वितिय र तृतिय छनौट गरी पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यमनारायण देवकोटाले कृषि तथा पशुपालन व्यबसाय गर्न चाहने किसानकालागि प्रदेश सरकारले किसानलाई बिशेष व्यवस्था गरेको बताउँदै त्यसबाट लाभ लिन किसानलाई आग्रह गरे ।


कार्यक्रममा प्रदेश पाँच भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालयका निर्देशक युगलकिशोर तिवारी, नेपाल उद्योग बाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठ, पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष मोहनकुमार श्रेष्ठ, रुपन्देही व्यापार संघका बरिष्ठ उपाध्यक्ष यमलाल लोहनी लगायतले शुभकामना बोल्नु भएको थियो । कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जल कसजुले धन्यवाद मन्तव्य राखेका थिए भने महासचिव दिनेशप्रसाद श्रेष्ठले सञ्चालन गरेका थिए । सो अवसरमा मेला सञ्चालनमा सहयोग गर्ने सहयोगी व्यक्ति तथा संघसंस्थालाई समेत सम्मान गरिएको थियो ।


गत माघ २१ गते मुख्यमन्त्र शंकर पोखरेलले उदघाटन गरेको मेलामा ६ दिनसम्म कृषि केन्द्रित अन्तरबिद्यालयस्तरीय बाद बिवाद, बक्तृत्वकला तथा कवितावाचन प्रतियोगिता, दुग्धपान प्रतियोगिता, मत्स्य प्रतियोगिता लगाएत बिभिन्न गोष्ठी र माटो परीक्षण शिबिर सञ्चालन गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।