ताजा अपडेट »

बुटवलको इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह

मंगलबार, ०३ माघ २०७९, २३ : ०५
31 Shares

बुटवल । रुपन्देहीको बुटवल-११ कालीकानगरमा रहेको इन्टलेक्चुअल स्कूलमा मँगलबारदेखि खेलकुद सप्ताह शुरू भएको छ । खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनोट गर्नका लागि आयोजित सप्ताहमा सदनात्मक तथा कक्षागत रूपमा विद्यार्थीलाई विभाजन गरि प्रतियोगिता गराईने अतिरिक्त क्रियाकलाप संयोजक मनाेज क्षेत्रीले बताए ।

नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थी सहभागी खेलकुद कार्यक्रममा भलिबल, फुटसल, रीले दौड सटपट, हाइजम्प, लङजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्सी दौड, साइकिल दौड, बास्केट बल, खो-खो लागायतका खेलहरूमा प्रतिस्पर्धा गराईने छ। खेल सप्ताहको उद्घाटन गर्दै स्कूल सञ्चालक समितिका अध्यक्ष गोविन्द प्रसाद मरासिनीले खेलकुदले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने बताए । विद्यालय कोर्डिनेटर माया पौडेलको स्वागतमा भएको उद्घाटनसत्र कार्यक्रमको र सन्चालन शिक्षक सुरज विकले गरेका थिए । खेल सप्ताह शुक्र बारसम्म चल्ने छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।