ताजा अपडेट »

गुल्मीको रिडीमा भेटियो १६५ वर्ष पुरानो शिलालेख

विहीबार, २८ पुस २०७९, ०८ : ५९
69 Shares

गुल्मी । रिडी बजारको शोभा भगवती मन्दिर परिसरमा पुरानो अतिथि भवन भत्काउने क्रममा भेटिएको शिला लेख आज भन्दा १६२ वर्ष अघिको रहेको तथ्य फेला परेको छ। बिक्रम संवत १९१७ मा तत्कालिन नेपाल उपत्यका हालको भक्तपुर भादगाँउ चासुखेलबाट मन मलेपति (नेवार समुदायका ब्यक्ति) ले चार जना छोराहरु सहित रिडी आई अहिलेको भगवती टोल जसलाई त्यतीबेला अमराइ टोल भनिन्थ्यो पित्रीहरुको स्मरणमा ढुङाको चौपारि बनाइ छाडेको शिलामा उल्लेख छ्।

हालको अमराइ टोललाइ त्यो बेलामा अमरापुरी टोल भनि उल्लेखित छ। यो ढुङाको चौपारि त्यहि हुन सक्छ जुन केहि वर्ष अघिसम्म पनि अस्तित्वोमा रहेको थियो। पछि रुरु प्राथमिक बिद्यालयले बाटो बनाउनका लागि भत्काइए को थियो।

शिलामा उल्लेखित तथ्य : नेपाली सम्वत ९८० शाके सम्वत् १७८२, सम्वत् १९१७ साल जेष्ठमासे शुक्लपक्षे (षष्ठ्या)यां तिथौः रविवासरे सौरमाने दि(वसे) कृतिका १९८० मघा नक्षत्रे नैपालस् पश्चिमतर्फ रिडी धामे कृष्णगंधकि निकटेः श्रीऋषिकेश चरणेः गुल्मी देसेः अमरापुरि नगरे नेपाल भातगाउ चासुषेल टोल बस्नि मानवगोत्र मलपति (म)न सेपुत्र भाजुराम सेपुत्र भाजुनारान सेपुत्र भिमनारां कनिष्ठ पुत्र सिद्धिनारां स्मेत लगाइ ढुंगाका चौपारि बनाई कीर्ति राषि पर्लोगपित्रपिता उद्धार निमीत्त। यो शिलापत्र गरि स्थापना गर्याको हो। शुभम्॥ राम॥

माथि उल्लेखित शिला लेखलाई वासु बन्धुले सरल र बुझिने भाषामा उल्था गरि थप तथ्यहरु उपलब्ध गराएका हुन । रुरुक्षेत्रमा रहेका अनेकौँ मठ मन्दिरहरुमा शिलालेखहरु अध्यावधि छँदैछन् तर ती शिलालेखको खोजिनिति गर्दै इतिहास सँरक्षण आवस्यकता रहेको रिडीबजारका युवा सुन्दर कसजुले भने । उनका अनुसार रुरुधामको धार्मिक साँस्कृतिक र ऐतिहासिकता जोगाउन यथासिध्र यो क्षेत्रमा धार्मिक र पौराणिक सँग्राहलय आवस्यक रहेको उनको जोड छ । त्यसो त रुरुक्षेत्र बृहतत्तर विकास आयोजनामा सँग्राहलय बनाउने योजना समेटिएको रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विकले भने ।

पछिल्लो समय रुरुधाममा आकर्षण बढेको छ तिनमुखे पुलसँगै यो क्षेत्रका मठमन्दिरको प्रचारप्रसारका कारण यहाँ आउने धार्मिक पर्यटक मात्रै होईन आन्तरिक र वाह्य पर्यटकको सँख्या बढ्दै गर्दा रुरुधामको सौन्दर्य करण र साँस्कृतिकको झलकले पर्यटक तान्न सबैका ध्यान जानू जरुरी छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।