ताजा अपडेट »

मेस्सी र एमबाप्पे मात्र होइन, गुगलले पनि तोड्यो रेकर्ड

सोमबार, ०४ पुस २०७९, १४ : ३८
24 Shares

न्युयोर्क । गुगल सर्चले अर्जेन्टिना र फ्रान्सबीचको फिफा विश्वकप फाइनलको समयमा आफ्नो ‘२५ वर्षमा अहिलेसम्मकै उच्च ट्राफिक’ रेकर्ड बनाएको   सीईओ सुन्दर पिचाईले बताएका छन् । ‘यो सारा संसारले एउटा कुरा खोजिरहेको जस्तो थियो !’ पिचाईले ट्वीट गरेका छन् ।

गत राति कतारको लुसेल रंगशालामा भएको खेलमा लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई हराएको हो । अर्जेन्टिनाले प्रारम्भिक अग्रता लिएको खेलमा फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेले लगातार दुई गोल गर्दै आफ्नो टोलीको शानदार पुनरागमनलाई सशक्त बनाएपछि खेल थप रोमान्चक बनेको थियो ।

त्यसपछिको अतिरिक्त समयमा पनि दुई टोलीले ३-३ गोलको बराबरी खेलेका थिए । खेलको निर्णय पेनाल्टी सुटआउटमा मात्र भएको थियो जसमा अर्जेन्टिनाले फ्रान्सेली टोलीलाई हराएको थियो । यसैबीच, गुगलको ‘इयर इन सर्च २०२२’ रिपोर्टअनुसार फिफा वर्ल्ड कप भारतमा तेस्रो धेरै खोजिएको विषय बनेको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।