ताजा अपडेट »

देऊखुरीबाट मुख्यमन्त्री केसीले भने निशान छापबाट अब 'बुटवल' हट्यो

बुधबार, २८ मंसिर २०७९, १५ : ०६
29 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको निशान छापबाट 'प्रदेश मुकाम बुटवल' भनेर नरहने  घोषणाम गरेका छन्। लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल भनेर निशान छापमा रहेको शब्द हटाएर अब स्थायी राजधानी 'देउखुरी' उल्लेख हुने घोषणा गरे ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देऊखुरीमा मन्त्रालय सारेर मुख्यमन्त्री केसीले औपचारिक घोषणा गर्न बुधबार आयोजित सभामा बोल्दै ऐतिहासिक सफलता प्राप्त गरेको उल्लेख गरे । ऐतिहासिक परिवर्तनका लागि ठूलो शाहस गर्न आवश्यक रहेको बताउँदै हुने सफलता प्राप्तिका लागि एक समय, एक सेकेण्ड वा एक पलको जितले महत्व राख्ने उल्लेख गरे ।

संरचना नबन्दै अस्थायी राजधानी बुटवलबाट रातारात मन्त्रालय सारेर देऊखुरी पुर्याइएको आलोचना बीच बुधबार तामझामकासाथ  प्रदेश प्रमुखबाट झण्डोत्तलन गराई राजधानीबाट कार्य प्रारम्भ भएको घोषणा गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।