ताजा अपडेट »

देऊखुरी बासीले प्रदेश राजधानी पाउनु दुर्लभ अवसर : प्रमुख शेरचन

बुधबार, २८ मंसिर २०७९, १४ : ५१
10 Shares

बुटवल । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले स्थायी राजधानी दाङको देऊखुरीमा आधुनिक शहरको निर्माणका लागि सुनौलो अवसर प्राप्त भएको बताएका छन् ।

प्रदेश राजधानीबाट औपचारिक कार्य सञ्चाल भएको घोषणा गर्न आयोजित कार्यक्रममा झण्डोत्तलनपछि बोल्दै शेरचनले केही ठाउँ र केही जनताले मात्रै प्राप्त गर्ने दुर्लभ अवसर देऊखुरी बासीले प्राप्त गरेको उल्लेख गरे । आर्थिक तथा सामाजिक रुपले पछाडि परेको देऊखुरीमा स्थायी राजधानीको व्यवस्थापनसँगै आधुनिक शहर निर्माणका यहाँ जनताले साथ दिनु पर्नेमा जोड दिए । 

'यहाँ वैज्ञानिक शहरको निर्माण हुने छ । वैज्ञानिक भवनहरु बन्ने छन् । शिक्षा र स्वास्थ्यमा क्रमस आधुनिकताका आधारमा बिकास अघि बढ्ने छ ।'-शेरचनले भने, यसका लागि सरकारसँगै यहाँका जनताको ठूलो साथको आवश्यकता छ । प्रदेश प्रमुख शेरचनले संघीयताको कार्यान्वयनका लागि त्कालिन प्रदेशको नाम तथा स्थायी राजधानी तोक्ने तत्कालिन सरकार तथा तत्कालिन सांसदहरुलाई समेत धन्यवाद ज्ञापन गरे ।

देऊखेरीमा स्थायी राजधानी तोकिएसँगै अस्वभाविक रुपमा यहाँको जग्गाको मूल्य वृद्धि भएकोप्रति सचेत गराउँदै उनले त्यसको नियन्त्रण गर्नुपर्ने उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।