ताजा अपडेट »

राजधानीको विषयलाई लिएर राजनीति होइन प्रदेशसभाको निर्णय कार्यान्वयन गर्न सहयोग गर्नुहोस्: मुख्यमन्त्री केसी

शुक्रबार, २३ मंसिर २०७९, २० : २६
24 Shares

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेशको राजधानी कार्यन्वयको विषय २०७७ साल असोज २० गतेको प्रदेश सभाको निर्णयलाई कार्यन्वयन गरेको बताए । उनले प्रदेश सकरारले देउखुरीमा राजधानी निर्माणको कार्यान्वयनकोे झण्डा उत्तोलन कार्यक्रम गरी औपचारिक रुपमा कार्य सञ्चालन गर्नका लागि तीव्र तयारी भइ रहेको बताए । उनले राजधानीको सुरक्षाका लागि सम्पूर्ण व्यवस्था मिलाउने सुरक्षा निकायलाई ध्यान दिन मुख्यमन्त्री केसीले निर्देशन दिए ।

मुख्यमन्त्री केसीले यस्तो निर्देशन सुरक्षा समितिको बैठकमा लुम्बिनी प्रदेशको स्थायी मुकाम देउखुरीमा लागि कार्यन्वय गर्नका लागि अनुरोध गरे । मुख्यमन्त्री कुलप्रसाद केसी स्थायी मुकाम सुरक्षाका लागि सम्पूर्ण तयारी गर्नका लागि सबै सुरक्षा निकायले निर्देशन दिएका छन् । उनले भने राजधानीको स्थायी मुकामको विषयलाई लिएर राजनीति नर्गका लागि अनुरोध गर्दै प्रदेश सभाले गरेको निर्णललाई कार्यन्वयका लागि सहयोग गर्नका लागि सबै पक्षसँग अपिल गरे ।

उनले लुम्बिनी प्रदेशको राजधानीको लागि सुरक्षाको दृष्टिले निकै सम्वेदन शील विषय भएको बताउँदै सि.सी. सी. क्यामरा जडान, ट्राफिक कार्यालयको व्यवस्था, मन्त्रालयको सुरक्षा लगायत र मुख्यमन्त्री एवं मन्त्री ज्यू हरुको सुरक्षा लगायतको विषयमा व्यवस्था मिलाउनको लागि निर्देशन दिए । मुख्यमन्त्री केसीले यो राजधानी कार्यन्वयको लागि सबै सुरक्षा निकायले आफ्नो आफ्नो टिमबाट अगाडि बढाउनु पर्ने बताए । उनले सुरक्षा निकाय सरकारको कामलाई अझ सहजीकरण गरी अगाडि बढाउनको लागि नै निर्देशन दिए ।

बैठकमा आन्तरिक मामिला, कानून एवं सञ्चार मन्त्री तिलकराम शर्माले सुरक्षा निकायको समन्वय गरी अगाडि बढाउनको लागि नै मन्त्रालय तयारी भएको बताए । उनले सुरक्षा निकायको सहकार्यमा अगाडि बढाएर कायन्वय गरी बताए । सुरक्षा समितिको बैठकले तत्कालको लागि सवारी साधानको गति व्यवस्थापन, झण्डा उत्तोलनका लागि सुरक्षा तथा कार्यक्रमको व्यवस्थानको बारेमा तयारी, नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्र.ना.म.नि. कार्यालयका प्रमुख नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरी वलका विन्धवासी मुख्यालयको शप्रवउ बल नेपाल, राजसिंह दल गण दाङका गणपति रविन्द्र महर्जन, आन्तरिक मामिला तथा कानून सञ्चार मन्त्रालयका उपसचिव यमबहादुर कुवर तुलसी पौडेल शाखा अधिकृति लगायतको सहभागीता भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।