१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

बुटवल । रुपन्देही जिल्ला पावरलिफ्टिङ संघले रुपन्देही जिल्ला स्तरीय पावरलिफिटब प्रतियोगिता, नवौं राष्ट्रिय प्रतियोगिता तथा दोस्रो स्व. रुप कार्की स्मृति राष्ट्रिय पावरलिफ्टिङ प्रतियोगितामा पदक विजेता रुपन्देहीका खेलाडीहरुलाई सम्मान गरेको छ ।

Advertisement

रुपन्देही खेलकुद बिकास परिषद कार्यालय परिसरमा शुक्रबार आयोजना भएको कार्यक्रममा नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, रुपन्देही शारीरिक सुगठन संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठ, शारीरिक सुगठनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक एवम् शारीरिक सुगठनका प्रशिक्षक केशव बहादुर शाक्यले सम्मानपत्र, कप र पिन्टोला नेपालको सौजन्यबाट प्राप्त पिनट बटरबाट सम्मान गरेका थिए । रुपन्देही शारीरिक सुगठन संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले शारिरिक सुगठनको विकासमा हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए ।

पावरलिफ्टिङ संघ छोटोसमयमा रुपन्देहीमा राष्ट्रियस्तरकै खेलाडी उत्पादन गर्न सफल भएको उनले बताए । रुपन्देहीबाट प्रतिनिधित्ब गरि पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठन बिधामा बिजेन्द्रमान श्रेष्ठ, बिष्णु निशाद र सुनिल आलेले पदक जितेका थिए । यसैगरि रुपन्देही जिल्ला स्तरीय पावरलिफ्टिङ प्रतियोगितामा ओभरअल क्याटोगरीमा महिलातर्फ मंजिता राजभण्डारी एवं पुरुषतर्फ बलराम डुम्रे प्रथम भएका थिए । यसैगरि दोस्रो स्व.रुप कार्की स्मृति राष्ट्रिय पावरलिफ्टिङ प्रतियोगितामा खेलाडीहरु धन कला कार्कि, दिपक श्रेष्ठ र चन्द्रमान श्रेष्ठले पदक जितेका थिए ।

पत्रकारद्वय पाण्डेय र श्रेष्ठ पुरस्कृत

कार्यक्रममा पत्रकारीता क्षेत्रबाट खेलकुद क्षेत्रको विकासमा योगदान गरेवापत पत्रकार द्वय नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बुटवल एफएमका भवानी प्रसाद पाण्डे र कान्तिपुर टेलिभिजन तथा बुटबलटुडेका स्वस्तिक श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले खेल र खेलाडीको विकासमा नीजि क्षेत्रको योगदान रहेको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी पाण्डेले पावरलिफिटब खेलाडीहरुको हौसला बढाउने गरि सम्मान कार्यक्रम भएको बताए । खेलाडीहरु एकतावद्ध भएर संस्थागत पहल गरेमात्र सरकारबाट आवश्यक सहयोग मिल्ने बताए । खेलाडीहरुको भविष्यप्रति समेत सरकार गम्भीर हुनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा संघका अध्यक्ष चन्द्रमान श्रेष्ठले संस्थागत रुपमा खेलाडीहरु अगाडी ल्याउने काममा आफु लागेको बताए । वर्षभरि नै पुर्वाधार विकास, खेलकुद गतिविधिका साथै अन्य सामाजिक कार्यमा समेत संघको भुमिका रहने उनले बताए । संघका सचिव सरोजसिह क्षेत्रीले शारीरिक सुगठनको एउटा पाटोको रुपमा पावरलिफ्टिङ खेल विकास भैरहेको भन्दै यसमा धेरै सम्भावना रहेको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड