ताजा अपडेट »

एमालेको सचिवालय बैठक आज, समानुपातिकको टुंगो लगाउने

शुक्रबार, २३ मंसिर २०७९, ०९ : ०९
20 Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा  समानुपातिकतर्फ निर्वाचित सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले समानुपातिकतर्फका सांसदको नामबारे छलफल गरेर सुझाव दिन र आमनिर्वाचनको प्रारम्भिक समीक्षाका लागि बैठक डाकिएको बताए ।

निर्वाचन आयोगले राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या टुंग्याएर निर्वाचित हुने सांसदको नामबारे सुझाब मागिसकेको छ ।  प्रतिनिधिसभामा समानुपातिकतर्फ एमालेले ३४ सिट पाएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।