ताजा अपडेट »

अर्घाखाँचीबाट बुटवल आउँदै गरेको स्कुटरलाई ट्रकको ठक्कर : छोराको मृत्यु, बाउ घाइते

शुक्रबार, २३ मंसिर २०७९, ०६ : ५२
4 Shares

बुटवल । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ अर्घाखाँची चोकमा ट्रकको ठक्करबाट १ किशोरको मृत्यु भएको छ । अर्घाखाँची भुमिकास्थान नगरपालिका धनचौरका १४ वर्षीय सम्राट खनालको ट्रकको ठक्करबाट मृत्यु भएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार लु ५२ प ८७८४ नम्बरको स्कुटर लाई लु २ ख ६५०१ नम्बरको ट्रकले बिहीबार ठक्कर दिंदा दुर्घटना एकोको थियो । अर्घाखाँचीबाट देउली मनाएर रुपन्देहीतर्फ आउने क्रममा घटना भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ । घटनामा  मृतकका बुवा  ५२ वर्षीय लक्ष्मण खनाल घाइते भएका छन् ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको इप्रका गोरुसिङ्गेका प्रहरी निरीक्षक शशीधर शर्माले बताए ।   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।