ताजा अपडेट »

बुटवलहुँदै पुग्ने तानसेन-रिडी सडक दैनिक १० घण्टा बन्द हुने

विहीबार, २२ मंसिर २०७९, २३ : ००
31 Shares

बुटवल । तानसेन–रिडी सडक खण्ड विस्तारको कामका लागि बन्द हुने भएको छ । यस सडक खण्डको सिरुखर्क, माल्मुुल क्षेत्रमा चौडा गर्नका लागि विहीबारदेखि सडक बन्द भएको हो । मंसिर २२ गतेदेखि पुस ७ गतेसम्मका लागि दैनिक १० घण्टाका दरले १५ दिनसम्म सडक बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाले एक सूूचना जारी गर्दै सडक चौडा गर्नुपर्ने भएकाले बाटो बन्द गरी सडक निर्माण कार्य गरिने जनाएको छ । सडक निर्माणको समय बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ३ बजेसम्म र बेलुुका ६ बजेदेखि ९ बजेसम्म सडक बन्द रहने छ । उक्त क्षेत्रमा सडक बन्द रहे पनि यो सडक खण्ड हुँदै गुल्मी, बागलुुङ्ग, अर्घाखाँची जाने आउने साना सवारी साधन भने लुहुङ्ग –बतासेडाँडा भएर चल्न सक्ने छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।