ताजा अपडेट »

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

विहीबार, २२ मंसिर २०७९, १३ : १२
18 Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आउँदो शनिबार १ बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि कांग्रेसले बोलाएको केन्द्रीय समिति बैठकमा निर्वाचनको समीक्षासहित भावी सरकार गठनका विषयमा छलफल हुनेछ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।