ताजा अपडेट »

तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

विहीबार, २२ मंसिर २०७९, १२ : ५५
13 Shares

काठमाडौं ।  सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार  गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगको तथ्यांकअनुसार दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार भएको हो । 

तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा ८७ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार भएको छ । २०७७/७८ मा १०३ जना र आव  २०७८/७९ को जेठ मसान्तसम्म १६० जनाको उद्धार गरेको हो । 

आयोगले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिसकेको छ ।  बुधबार आयोगले वार्षिक प्रतिवेदन पेस गरेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।