ताजा अपडेट »

आधुनिक जर्मनीको वैधतामा अविश्वास, संसद भवन हमला गर्न खोज्ने २५ जना पक्राउ

विहीबार, २२ मंसिर २०७९, ०७ : १८
26 Shares

वर्लिन । जर्मनीमा सरकारलाई सत्ताच्युत गर्ने योजना बनाएको आशंकामा प्रहरीले देशभरबाट छापा मारेर २५ जना पक्राउ गरेको छ । अति दक्षिणपन्थी र पूर्व सैन्य व्यक्तित्वहरूको समूहले संसद भवन रिकस्टागमा आक्रमण गर्ने र सत्ता कब्जा गर्ने तयारी गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । ७१ वर्षीय प्रिन्स हेनरिक ते¥हौँ को रूपमा वर्णन गरिएका एक कुलीनलाई उनीहरूको योजनाको केन्द्रबिन्दु भएको आरोप लगाइएको छ।

संघीय अभियोजकहरूका अनुसार उनी जर्मनीका विभिन्न स्थानमा पक्राउ परेकाहरूमध्यका कथित दुई नेता मध्ये एक हुन् ।  समूहमा चरमपन्थी राइचसबर्गर (रिचका नागरिक) आन्दोलनका सदस्यहरू संलग्न छन्, जुन हिंसात्मक हमलाहरू र जातिवादी षडयन्त्र सिद्धान्तहरूका लागि लामो समयदेखि जर्मन पुलिसको नजरमा रहेका थिए । उनीहरूले आधुनिक जर्मनलाई मान्यता दिन अस्वीकार गरेका छन् ।

आधुनिक जर्मनीको वैधतामा विश्वास नगर्ने समूहले हिंसा भड्काउने प्रयत्न गरेको जर्मनीका गृहमन्त्री न्यान्सी फिजरले बताएकी छन्। त्यस्ता गतिविधि निष्प्रभावी पार्ने उनको भनाइ छ । न्यायमन्त्री मार्को बुशम्यानले ठूलो आतंकवाद विरोधी अभियान भइरहेको बताएका छन् । उनले भने, ‘संवैधानिक निकायहरूमा सशस्त्र आक्रमणको योजना थियो ।’, उनले ट्वीट गरे ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।