१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

न्युयोर्क ।  अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पारिवारिक घर जग्गा कम्पनी कर छलीमा दोषी ठहर भएको छ । न्युयोर्कको एक अदालतमा न्यायाधीशहरूले द ट्रम्प अर्गनाइजेसनले कर छली र अन्य आर्थिक अपराधमा दोषी ठहर गरेको हो । कम्पनीमाथि षडयन्त्र, झुट प्रतिबेदनलगायत १७ वटा अभियोग लगाइएको बिबीसीले जनाएको छ । 

ट्रम्प अर्गनाइजेसन पूर्वराष्ट्रपतिको पर्यायवाची हो ।  तर, ट्रम्प र उनको परिवारका सदस्यहरू व्यक्तिगत रूपमा सुनुवाईमा सहभागी भएनन् । फैसलामाथि पुनरावेदन गर्ने प्रतिबद्धता जनाउँदै ट्रम्पले आफू दुःखित भएको बताए ।कम्पनीलाई एक दशकभन्दा बढी समयसम्म अपारदर्शी ढंगले आफ्ना शीर्ष अधिकारीहरूलाई नाफा दिएको आरोप लगाइएको छ । कर समावेश नगरिएका मुनाफामा विलासी कार र निजी विद्यालयका शुल्क रहेको अभियोजनकर्ताले बताएका छन् ।

कम्पनीलाई करिब १६ लाख डलर जरिवाना लाग्न सक्ने अनुमान गरिएको छ । अर्गनाइजेस दोषी ठहर भएसँगै सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई धक्का लाग्ने अनुमान गरिएकाे छ ।-एजेन्सी
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड