ताजा अपडेट »

दासढुंगा हत्याकाण्ड जाँचबुझ आयोग संयोजक प्रचण्डराजको निधन

बुधबार, २१ मंसिर २०७९, ०८ : २४
4 Shares

बुटवल । बहुचर्चित दासढुंगा हत्याकाण्डको छानविन गर्न बनेको जाँचबुझ आयोगका संयोजक प्रचण्डराज अनिलको निधन भएकोछ । तत्कालिन सरकारले न्यायाधीशबाट अवकाश भइसकेका अनिलको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो ।

पूर्वन्यायाधीश अनिलको बाँसबारीस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा निधन भएको हो । ९२ वर्षीय अनिल मधुमेह, रक्तचाप र मुटुका बिरामी थिए ।

जिल्ला न्यायाधीशबाट न्याय सेवामा प्रवेश गरेका अनिल विभिन्न तह हुँदै सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश भएर अवकाश भएका थिए ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको दासढुंगा भन्ने स्थानमा जिप दुर्घटना हुँदा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको निधन भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।