ताजा अपडेट »

कपिलवस्तु अदालतका न्यायाधीशमाथि श्रीमतिलेनै लगाइन् यौन शोषणको आरोप

मंगलबार, २० मंसिर २०७९, १६ : १८
8 Shares

कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीमाथि एक महिलालाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा अनुसन्धान शुरु भएको छ । पीडितले आफूलाई बन्धक बनाएर यौन शोषण गरेको आरोपमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अनुसन्धान थालेको हो ।

पीडित महिलाले राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगमा उजुरी दिएपछि प्रहरीले सोको आधारमा छानविन सुरु गरेको छ । आयोगका अनुसार उजुरीमा न्यायाधीश गिरीमाथि पीडित महिलालाई करिब ५ वर्षदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको आरोप छ । सोधपुछ र अनुसन्धान थालेपछि न्यायाधीश गिरी १५ दिने बिदा बसेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आयोगको पत्राचारका आधारमा छानबिन भइरहेको जनाएको छ । प्रहरीले उजुरी लिन नमानेपछि पीडितले आयोगमा उजुरी दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एक प्रहरी अधिकृतका अनुसार न्यायधीशकी श्रीमतिले नै उनि विरुद्ध उजुरी दायर गरेकी हुन् । दुबै जना न्याय क्षेत्रमा काम गर्ने भएको बताउँदे उनले प्रारम्भिक चरणमा अनुसन्धान जारी रहेको उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।