ताजा अपडेट »

लागुऔषधसहित ५ जना पक्राउ

मंगलबार, २० मंसिर २०७९, १३ : २५
22 Shares

काठमाडौँ । कैलालीबाट अवैध लागुऔषधसहित ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ बस्ने २४ वर्षीय रोशन शाहसहित ४ जना रहेका छन् ।

रामपुरबाट खटिएको प्रहरीले कैलारी गाउँपालिका–७ रामपुर  बस्ने रामशरण चौधरीको घरमा तलासी गर्दा ब्राउनसुगर १ ग्राम ९ सय मिलिग्राम बरामद गरेको हो । विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीले जारी सूचनामा उल्लेख गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।