ताजा अपडेट »

एमाले गुल्मी-१ मतदातालाई धन्यवाद दिन गाउँतिर

सोमबार, १९ मंसिर २०७९, १९ : १८
32 Shares

गुल्मी । नेकपा एमाले गुल्मीको सचिवालय बैठकले मँसिर ४ गते सम्पन्न सँघिय र प्रदेशसभा निर्वाचनको प्रारम्भिक समीक्षा गरेको छ ।

नेकपा एमाले गुल्मीका अध्यक्ष बालशिँह काउछाको अध्यक्षतामा सदरमुकाम तम्घास स्थित मदन आश्रित भवनमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीलाई विश्वास गरि मतदान गर्ने मतदातालाई धन्यवाद ज्ञापन गर्दै सँघिय र प्रदेशसभाका लागि विजयी हासिल गर्ने सभासद हरुलाई बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

सचिवालय बैठकमा पालिकाक पार्टी ईन्चार्ज र अध्यक्ष हरुको तर्फबाट समिक्षात्मक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने पुस १५ गते भित्र पालिका बैठक आयोजना गरि वडास्तरिय समीक्षा बैठक गर्ने निर्देशन नेकपा एमाले गुल्मीले दिएको छ । यसै गरि २० गरे रेसुँगा नगरपालिका ,२१ गते गुल्मी दरबार २२ गते रुरुक्षेत्र ,२३ गते छत्रकोट २४ गते सत्यवति ,२५ गते चन्द्रकोट र २६ गते कालीगण्डकी गाउँपालिकामा धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गर्ने एमाले गुल्मीले जनाएको छ ।

यसै गरि सचिवालय बैठकले पार्टीका पालिका र वडा कमिटीका रिक्त स्थान पदपूर्तिका लागि सिफारिस सहित जिल्ला कमिटीमा पठाउने निर्देशन गरिएको छ । निर्वाचनमा पार्टी प्रति घात अन्तरघात गरि पार्टीका उम्मेदवार हराउन लागि पर्ने पात्र र प्रवृत्तिको गहिरो पहिचान गरि ठोस आधार र प्रमाण भएमा कारवाहिका लागि जिल्लामा सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिईएको छ ।

सचिवालय बैठकले बिना आधार समाजिक सन्जालमा कसैको चरित्र हत्या हुने खालका अभिव्यक्ति पोष्ट नगर्न समेत कार्यकर्तालाई निर्देशन गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।