१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

रिडी । रुरुक्षेत्र गाउँपालिका वडा न १ ले सँघ र प्रदेश सँगको समन्वयमा वडा भित्र ठुला योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडि बढाउने र ती योजनाहरुको दिगो कार्यान्वयनका लागि पहल गर्ने बताईएको छ।

Advertisement

मुख्य रुपले सडकलाई प्राथमिकता राख्ने च्यूरेकको जोईका पोखरी, चितपाने, ठाडाबाट, खनिडाँडा, पैरा हुँदै सालविसाउना स्यालपोखरी खण्डको एस मोड सम्म स्तरोन्नति गर्ने, यसै गरि भट्कुवा जोड्ने फलाँटे, रह ,सालिपोखरी सम्मको लिँक रोडलाई स्तरोन्नति हाम्रो प्राथमिकतामा छ रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विकले भने । यसैगरी च्यूरेकको झ्वाँलेमा ओेैधोगिक ग्राम पनि हाम्रो योजना भित्र छ भने रुरुखेल मैदानलाई क्षेत्रिय स्तरको खेल मैदानको रुपमा विकास गर्ने लक्षका साथ काम भईरहेको वडाध्यक्ष विक ले भने ।

वडाको समग्र विकास सँगै धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेर रिडीबजार क्षेत्रका मठ मन्दिर सँरक्षण सम्बर्द्धन र पुनर्निर्माणमा पनि हाम्रो ध्यानाकर्षण भएको छ र सोहि अनुरुप काम शुरु गरिएको वडाध्यक्ष विकले भने रिडीबजारको आकर्षणको रुपमा रहेको गलफुल क्षेत्रको सँरक्षणको काम भईरहेको छ भने कालीगण्डकी क्षेत्रको घाटको व्यवस्थित गर्ने काम पनि वडाले गर्ने उनले बताए ।

स्वच्छ सफा हाम्रो रिडी भन्ने मुल नाराका साथ रिडीबजारको फोहोर व्यवस्थापन को काम भईरहेको र केही समयमै डम्पिङ साईटको निर्माण पछि समस्या समाधान उन्मुख रहेको सँगै रिडी खोला र काली गण्डकीमा फोहर नफाल्न समुदायलाई सचेत गराईएको वडाध्यक्ष विकले भने ।
यतिबेला वडा भित्रका साना योजनाहरुको निर्माणका लागि उपभोक्ता समूह सँग सम्झौता भई काम शुरु हुन लागेको र यसमा सडक, खानेपानी, शिक्षा, सामुदायिक भवन, सिँचाइ कुलो मर्मत सँरक्षण, विधुतका क्षेत्रमा रिडी, च्यूरेक र भट्कुवामा दुई दर्जन योजनाको सम्झौता सम्पन्न भईसकेको विकको भनाई छ ।

पछिल्लो समय रुरुधाममा तिनमुखे पुलको निर्माण कार्य सम्पन्न भईसकेपछि आन्तरिक र वाह्य पर्यटकको आगमन बढे सँगै ठुला होटल र रिसोर्ट निर्माणका लागि वडा न १ को च्यूरेक क्षेत्रमा सँभाव्यताको अध्ययन र लागानीका लागि निजि क्षेत्रलाई प्रोत्साहन पनि वडाले प्राथमिकतामा राखेको वडाध्यक्ष नवराज विकले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

पालिकाबाटै सीसी क्यामेराले रोहिणीको निगरानी गृहमन्त्री पदले सत्तासाझेरमा खटपट : रविको प्रस्तावमा सकारात्मक देखिएनन् प्रधानमन्त्री अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री सुनको मूल्य ५०० रुपैयाँले घट्यो ट्रान्सपरेन्सी रिपोर्ट : नेपालमा झन बढ्यो भ्रष्टाचार, ३४ अंकसहित ११० औं स्थानमा प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो बालापन झल्काउने गणेशको ‘चियावाला’, हजुरबुवादेखिको पेशालाई नयाँ स्वरुपमा ‘ब्राण्डिङ’ मन्नतको बालकोनीमा किन जान्छन् शाहरुख ? सहकारीको ऋण चुक्ता नगर्ने आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन वृद्धाभत्ता नदिएको भन्दै छोराले गरे बन्चरोले हानेर आमाको हत्या प्रचण्डलाई नेकपा एसको ज्ञापनपत्र- चरम आर्थिक संकट पर्‍याे (पूर्णपाठ) बैतडीका २० बर्षीय युवक चार दिनदेखि बेपत्ता प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने मर्स्याङ्दीपारीबाट वैकल्पिक सडक स्तरोन्नति गर्न पहल यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर डिएसपीसहित ८ सुरक्षाकर्मी मारिएको टिकापुर घटनाको सर्वोच्चमा आज पेसी आजको मौसमः कर्णाली र लुम्बिनीमा पानी पर्न सक्ने, हिमाली भु–भागमा हिउँ पर्ने लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन उम्मेदवार सार्वजनिक दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ