ताजा अपडेट »

दुईवटा किविको बोटबाट वार्षिक ८० हजार

सोमबार, १९ मंसिर २०७९, १४ : ३५
72 Shares

गुल्मी । गुल्मीको भार्से गाउँमा पुगेका माधव श्रेष्ठले त्यहाँ गरिएको किवि खेती देखेपछि त्यहीँबाट एकजोर किवीका विरुवा ल्याएर रोपेको दस वर्ष पूरा भएको छ । यतिबेला रुरुक्षेत्र गाउँपालिका वडा नं। ३ बिहार पोखरा नजिकै रहेको उनको बारिमा लटरम्म किवि फलेको देख्न पाईन्छ ।

भार्सेबाट ल्याएका विरुवाले सात वर्ष पछि फल दिन शुरुगरेको र वर्षेनी सत्तरीदेखि असि हजारसम्म किवि बेचेको किसान माधव श्रेष्ठ बताउँछन्।
‘शुरुमा बिरुवा ल्याएर लगाउँदा यो हावापानीमा हुन्छ कि हुँदैन भन्ने पिरलो थियो तर किवि खेतिले थोर्गाको हावापानी रुचायो राम्रै हैन धेरै राम्रो उत्पादन भयो’ श्रेष्ठले भने । उनीसँग यतिबेला मात्र चारवटा किविका बोट छन र यिनै बोटले करिब तीन रोपनि जग्गा छपक्कै ढाकेको छ ।

‘एउटै बोटले त आधा रोपनी जग्गा ढाक्छ, पाँच सात वटा बोट भए त दस रोपनि जग्गा चाहिन्छ’ उनले भने । हुनपनि छाहारीका रुपमा रहेका किविका बोटहरुमा लपक्कै रहरलाग्दो गरि माधव श्रेष्ठको बारिमा किवि फलेका छन ।

किविको बजारमुल्य किलोको छ सय छ । तर उनले घरैबाट चारसय रुपैयाँ किलो बेचेका छन । ‘खै बुटवल तिर पुर्याउन सके त किलाको छ सय पनि पर्छ भन्छन, मैले त घरबाट चारसय रुपैया किलो बेचेको छु ’ उनी सुनाउँछन् । यतिबेला फलेका किवि कार्तिक मंसिर तिर खाने लायक हुन्छन् । मुख्यरुपले यो फल प्रेसर सुगर लगाएतका बिरामीहरुका लागि उपयोगि मानिन्छ भने डेँगुका लागि किवि रामबाण नै भएको जानकारहरू बताउँछन् ।

किविको व्यवसायीक उत्पादन र बिक्री बितरण गरिरहेका किसान माधव श्रेष्ठले अहिले यसको विरुवा पनि उत्पादन गरेका छन । एउटा रोचक के छ भने किवि यस्तो फल हो यसको बिरुवा रोप्दा भालेपोथि सँगै रोप्नु पर्छ र भालेपोथि चिनेर रोप्ने हो भने फल दिन्छ । किसान माधव श्रेष्ठले उत्पादन गरेको किविका विरुवाको मूल्य प्रति जोडा पाँचसय रुपैया पर्छ ।

किविको बिरुवा लगाउने सिजन असार र साउन भएकाले यतिबेला लगाएका बोटहरु सजिलै जाग्ने उनको भनाई छ । हसिँलो अनुहार बनाउँदै उनी भन्छन्‘ ‘ काम गर्नु पर्छ, काइदाले काम गरे फाइदा हुन्छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।