ताजा अपडेट »

टिप्परको ठक्करबाट मोटरसाईकल सवार दुईजना घाईते

मंगलबार, ०८ पुस २०७६, २० : ३९
6 Shares

पुस ८,

ग्लोबल आवाज

दाङ । दाङमा टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा दुईजना घाईते भएका छन् । बालापुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १९६४ नम्बरको टिप्परले तुलसीपुरबाट खैरीपुर जाँदै गरेको लु १९ प १६१८ नम्बरको मोटरसाईकललाई मंगलबार साँझ ठक्कर दिँदा एकै घरका दाजुभाई घाईते भएका हुन् ।

गहतेखोलामा भएको उक्त दुर्घटनामा परि दाजु तुलसीपुर–२ खैरीपुर निवासी २० बर्षीय जिवराज ओली र १४ बर्षीय भाई तिलक ओली घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले जानकारी दिए ।

उनका अनुसार दावै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ, भने भाईको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।