ताजा अपडेट »

इरानी सरकारी सञ्चारमाध्यद्वारा नैतिकता प्रहरी खारेज गरिएको रिपोर्ट अस्विकार

सोमबार, १९ मंसिर २०७९, १० : ५७
12 Shares

काठमाडौँ । महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्ताजेरीले इरानको नैतिकता प्रहरी इकाइ खारेजी हुन लागेको अभिव्यक्ति दिएपछि इरानको सरकारी सञ्चारमाध्यमले उक्त भनाइको विरोध गर्दै न्यायपालिकाले नभएर गृह मन्त्रालयले प्रहरी इकाइ निरीक्षण गरेको बताएको छ । नैतिकता प्रहरी इकाइ बन्द भए÷नभएको विषयमा गृह मन्त्रालयले केही  पुष्टि गरेको छैन । 

यसअघि महान्यायाधिवक्ता मोहम्मद जाफले खारेज भएको बताएका थिए । हिजावसम्बन्धी नियम उल्लंघन गरेको भन्दै नैतिकतासम्बन्धी प्रहरीले सेप्टेम्बरको मध्यतिर महसा अमिनि नाम गरेकी युवती पक्राउ गरेको थियो । पछि उनको हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युको विरोधमा भएका प्रदर्शनमा मात्र ३०० जनाभन्दा बढीको मृत्यु भएको छ । प्रहरीले हजारौँलाई पक्राउ गरेको छ । पक्राउ परेका सयौँविरुद्ध सरकारले मुद्दा लगाएको छ ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।