ताजा अपडेट »

सेनेगललाई ३-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

सोमबार, १९ मंसिर २०७९, ०७ : ०५
6 Shares

काठमाडौं । इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति सेनेगललाई ३-० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे । खेलको ३८ औं मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा केनले गोल गर्दै इंग्ल्यान्डलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ५७ औं मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डलाई ३-० को जित दिलाए ।  

अब इंग्ल्यान्डले अन्तिम आठमा फ्रान्सको सामना गर्नेछ । पोल्याण्डलाई हराएर फ्रान्स क्वाटरफाइनलमा पुगिसकेको छ ।

सेनेगल प्रतियोगिताबाट बाहिरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।