ताजा अपडेट »

फोर्थ नेशन ईन्टरनेश्नलको बुटवलमा शाखा

आइतबार, १८ मंसिर २०७९, २३ : २९
10 Shares

बुटवल । फोर्थ नेशन ईन्टरनेश्नल माईग्रेसन एण्ड भिसा सर्भिसको शाखा कार्यालय बुटवलमा शुभारम्भ भएको छ । अष्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको सर्भिशेसले बुटवलमा शाखा कार्यालय सञ्चालन गरेको हो । 

सन्२००६ देखि सञ्चालनमा आएको भिसा सर्भिसको बुटवलमा माईग्रेसन लोयर उल्लयीम ई डिजले उद्घाटन गरेका छन् ।  अष्ट्रेलिया, क्यानडा, बेलायत र अमेरिका जाने विद्यार्थीका लागि परामर्श दिँदै विभिन्न विश्वविद्यालयमा छात्रवृत्ति प्रदान गर्दै आएको ग्लोबल बिजनेश डेब्लप्मेन्ट म्यानेजर कोमराज पाठकले जानकारी दिए । फोर्थ नेशन ईन्टरनेश्नल माईग्रेसन एण्ड भिसा सर्भिस बुटवलका सञ्चालक बिकास टण्डनले यस क्षेत्रबाट विदेश  अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि उचित परामर्स दिने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।