ताजा अपडेट »

भारतबाट नेपालमा मदिरा तस्करी, भारतीय प्रहरीद्वारा ठूलो परिमाणमा मदिरा बरामद

आइतबार, १८ मंसिर २०७९, २० : ४३
28 Shares


भैरहवा । भारतबाट तस्करी गरि नेपाल लैजान लागेको ठूलो परिमाणको मदिरा भारतीय सुरक्षाकर्मिले बरामद गरेका छन् । भारतको कैन्टिनमा मात्र पाइने मदिरा अवैध तरीकाले नेपाल भित्रयाउदै गर्दै गर्दाको अवश्थामा भारतीय सुरक्षाकर्मिले बरामद गरेको उनिहरुको दावी छ ।

नौतनवा प्रहरी प्रमुख डिएसपी अनुज कुमार सिंहका अनुसार आइतबार बिहान सोनौली थाना क्षेत्रको भगवानपुर सीमानामा दिल्लीको क्यान्टिनबाट मदिरा तस्करी गर्दागर्दै भारतीय प्रहरी र एसएसबीले चार जनालाई पक्राउ गरिएको छ । भारतीय नम्बर प्लेट भएको कारमा ल्याएर सीमामा पार्किङ गरी नेपाली नम्बर प्लेट भएको कारमा मदिरा राख्दै गरेको अवश्थामा मदिरा बरामद गरिएको उनले बताए ।

सिंहका अनुसार भगवानपुर नाकाबाट नेपालतर्फ अङ्ग्रेजी मदिरा पठाइँदै आएको खबर प्राप्त भएको थियो । जसमा प्रहरी थाना सोनौली प्रमुख महेन्द्र यादवको नेतृत्वमा प्रहरी र एसएसबीको संयुक्त टोली भगवानपुर पुगेको थियो । घटनास्थल पुग्दा भारतीय नम्बरको कारबाट कार्टुनमा राखिएका सामान नेपाली कारमा राख्दै गरिएको थियो । प्रहरी र एसएसबीले घटनास्थलमा पुगेर चेकजाँच गर्दा गत्ताको बाकसमा ओल्ड मन्क ब्राण्डको ७३० एमएल अङ्ग्रेजी मदिरा सहित २ सय ८६ बोतल बरामद भएको सिंहले बताए ।

रोजगारीमा भएकाहरुका लागि मात्र प्रयोग गर्ने गरि दिल्लीमा उत्पादन भएको मदिरा सीमा नाकामा भेटिनुले यसको ब्यापक तस्करी हुने गरेको पुष्टि भएको छ । तस्करीमा संलग्न भलुहीका लालबहादुर क्षेत्री, कुश्मा जिल्लाका नवराज रिमाललाई भारतीय प्रहरीले पक्राउ गरेको छ । प्रारम्भिक सोधपुछका क्रममा अभियुक्तहरुले आफूले दिल्लीको क्यान्टिनबाट मदिरा किनेको बताएको डिएसपी सिंहले बताए ।

दिल्लीबाट कार चालक कोडवार जिल्ला सुल्तानपुर उत्तर प्रदेश निवासी सुधीर शुक्लाको कार भगवानपुर सम्म बुकिङ गरेका थिए । नेपालमा नेपाली नम्बर प्लेटको भ्यान बुक गरि मदिरालाई रुपन्देहीको भलुहि पु¥याउने योजना थियो ।
संयुक्त टोलीमा एसएसबी टोलीमा एसआई सुधीर यादव, एसआई अखिलेश प्रताप सिंह, एसआई महेन्द्र सिंह, हवल्दार अम्बुज राई, कमला यादव र इन्स्पेक्टर राजकुमार गौर तथा अन्तःशुल्क निरीक्षक अखिलेश कुमारलगायतको टोली रहेको थियो ।

मदिरा तस्करीमा प्रयोग हुने दुवै सवारीसाधन नियन्त्रणमा लिई चारै जनालाई अन्तःशुल्क ऐन अन्तर्गत कारबाही गरी जेल चलान गरिएको प्रहरी थाना प्रमुख महेन्द्र यादवले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।