ताजा अपडेट »

वागेश्वरीमा नृत्य परीक्षा, उत्कृष्टलाई मेडलबाट सम्मान

आइतबार, १८ मंसिर २०७९, २० : २७
12 Shares

बुटवल । वागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलमा नृत्यकाे आधारभूत तहकाे परीक्षा शनिबार सकिएको छ । केन्द्रीय कार्यालय बुटवल र मणिग्राम शाखाका आधारभूत तहका करिब ३० जना विद्यार्थीहरूविच नृत्य परीक्षा सम्पन्न भएकाे हाे ।

नृत्यकाे प्रयाेगात्मक परीक्षामा मणिग्राम शाखाका नृत्य प्रशिक्षक हिमाल सुनारकाे समुहबाट स्मारिका पन्थ प्रथम भएकी छन् । त्यसैगरी सुरबी खड्का दाेस्राे, आहाना दुवे तेस्राे र विपिसा काफ्ले सान्त्वना भएकी छन् । त्यसै गरि प्रशिक्षक नम्रता थापाकाे समुहबाट वर्षा पाण्डे प्रथम, इच्छा मगर दाेस्राे भएकी छन् भने आर्जु भण्डारी तेस्राे साथै भूमिका श्रेष्ठले सान्त्वना स्थान पाएकी छन् ।

त्यस्तै प्रशिक्षक रञ्जिना सुनारकाे समुहबाट युविका राना प्रथम हुन सफल भएकि छन् । त्यस्तै मिसिका गुप्ताले दाेस्राे स्थान प्राप्त गरेकि छन् भने मञ्सु थापा तेस्राे र संस्कार विनायक भण्डारीले सान्त्वना स्थान प्राप्त गरेकाे एकेडेमीले जनाएकाे छ । साे क्रममा उत्कृष्ट भएका विद्यार्थीहरूलाई एकेडेमीका सञ्चालक सुरेश सेञ्चुरीले मेडल र टिकाबाट पुरस्कृत गरेका थिए । एकेडेमीले नृत्य , संगीत र बाध्यबाधनका कक्षाहरू सञ्चालन गर्दै आइरहेकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।