१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

काठमाडौं । प्रेस काउन्सिल नेपालले काउन्सिलमा सूचीकरण भएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक गर्न आउन भनेको छ । हालसम्म तीन हजार ७०३ वटा अनलाइन सञ्चार माध्यम सूचीकरण भएको जानकारी दिँदै काउन्सिलले उनीहरुलाई सूचीकरण अद्यावधिक गर्न आउन भनेको हो । 

आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सूचीकरण अद्यावधिक गर्नुपर्ने मापदण्ड रहेको स्मरण गराउँदै काउन्सिलले सूचीकरण भएका सम्पूर्ण अनलाइन सञ्चार माध्यमले कागजातसहित पुस मसान्तभित्र सूचीकरण अद्यावधिक गर्न आग्रह गरेको हो । अन्यथा सूचीकरणबाट हटाउने काउन्सिलको चेतावनी छ । 

‘अनलाइन सञ्चार माध्यम सूचीकरण मापदण्ड २०७८ को बुँदा नं. १० मा ’अनलाइन सञ्चार माध्यमले हरेक वर्ष, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आफ्नो न्युजपोर्टलको सूचीकरण अद्यावधिक गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा काउन्सिलमा सूचीकरण भएका सम्पूर्ण अनलाइन सञ्चार माध्यमले निम्नानुसारका कागजातसहित पुस मसान्तभित्र सूचीकरण अद्यावधिक गराउन यो सूचना जारी गरिएको छ । तोकिएको समयभित्र अद्यावधिक नभएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक सूचीकरणबाट अलग राखिने बेहोरा समेत यसै सूचनामार्फत जानकारी गराइन्छ’, उपप्रशासकीय अधिकृत रामशरण बोहराले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड