ताजा अपडेट »

देशभर उन्नत ‘माउ माछा’ आपूर्ति गर्दै भैरहवा

आइतबार, १८ मंसिर २०७९, १९ : ००
16 Shares

भैरहवा । भैरहवामा रहेको मत्स्य विकास केन्द्र अहिले परिवर्तन भएर मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन श्रोत केन्द्र भएको छ । देश संघीय संरचनामा गए पछि यो केन्द्र पनि बिशेषतः उन्नत माउ माछा आपूर्तिमा केन्द्रित रहेको छ । पहिला भुरा माछा, खाने माछा र माउ माछा उपलब्ध गराउँदै आएको यो केन्द्र भविष्यमा माउ माछा आपूर्तिमा मात्र केन्द्रित हुने तयारीमा रहेको छ ।

मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन श्रोत केन्द्र भैरहवाका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत महेश चन्द गुप्तले नेपाल भरि रहेको सरकारी फर्म तथा निजि स्तरका फर्महरुलाई शुद्ध नश्लको पहिलो पुस्ताको माउमा ट्यागिङ्ग गरेर बिक्रि बितरण गर्ने केन्द्रको मूख्य उद्देश्य रहेको बताए । यसरी बिक्रि गरिएको माउ माछाबाट सम्बन्धित फर्महरुले भुरा उत्पादन गरि त्यसलाई बिक्रि बितरण गरिने गरेको गुप्तले बताए ।

भैरहवामा रहेको मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन श्रोत केन्द्र राष्ट्रिय स्तरको कार्यालयको रुपमा काम गरिरहेको छ । नेपालका सबै सरकारी तथा निजि फर्महरुलाई माउ बिक्रि र यस संग सम्बन्धित प्राविधिक सहयोग तथा तालीम पनि केन्द्रले गर्ने गरेको छ । केन्द्रले अहिले माउ माछाहरु ट्याग लगाएर ७ वटै प्रदेशमा बितरण गरिरहेको उनले बताए । गुप्तले अहिले सम्म ६ हजार बढी माउ माछाहरु बिक्रि गरि सकेको र त्यसबाट भुराहरु समेत उत्पादन सुरु भई सकेको बताए ।

मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन श्रोत केन्द्रले उपलब्ध गराएको तथ्यांक अनुसार आर्थिक बर्ष २०७८/०७९ मा ५ करोड १४ लाख गोटा ह््याचलिङ (माछाका अलि ठूला भुरा) र ३२ लाख ५० हजार गोटा फिंगरलिङ (माछाका साना भुरा) बिक्रि गरि ६५ लाख राजस्व आम्दानी गरेको छ । यो आम्दानी भनेको नेपालमा रहेका अन्य मत्स्य केन्द्रको तुलनामा उत्कृष्ट रहेको केन्द्रका प्रमुख गुप्तको दावी छ । यस्तै चालु आर्थिक बर्षको मंसिर १६ गते सम्म १ करोड १९ लाख ह्याचलिङ र २४ लाख फिंगरलिङ गरि २० लाख ५० हजार राजस्व आम्दानी गरिसकेको गुप्तले बताए ।

चाईनिज कार्प माछाहरु सिल्भर कार्प, बिगहेड कार्प, कमन कार्प तथा ग्रास कार्प र स्थानिय माछा रोहु, नैनी, भाकुरहरु ६ देखि ७ दशक सम्म पुरानो भएका छन् । पुरानो भएको कारण यस्ता माछा क्रस गराउदा यसको उत्पादन क्षमता, माछाको वृद्धि, माछाको मासुको स्वाद समेत बिग्रेको र बिभिन्न रोग ब्याधि समेत देखिने गरेको छ । यी सबै कारणले नै आर्थिक बर्ष २०६६/०६७ मा चीनबाट नया माउ ल्याईएको गुप्तले जानकारी दिए ।

पुरानो माउलाई प्रतिस्थापन गरि गुणस्तरिय शुद्ध नश्ललाई ती स्थानमा पु¥याने केन्द्रको उद्देश्य रहेको उनको भनाई छ । “हामीसंग प्रयाप्त मौजदात छ, माग अनुसार भावी माउ माछा उपलब्ध गराउन सक्छौं ।” गुप्तले भने “गुणस्तरिय शुद्ध नश्लको माउ माछा लगि आफ्ना उत्पादन बढाउन हामी किसानलाई अपिल गर्दछौं ।” गुप्तले अहिले मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवद्र्धन श्रोत केन्द्र भौतिक पूर्वाधारको दृष्टिले पनि उत्कृष्ट बन्दै गएको बताए । “हामी संग ४८ वटा पोखरीहरु मध्ये ३८ वटा पोखरीहरु पूर्ण रुपमा उपयोगमा रहेका छन् ।” उनले भने “कतिपय पोखरीहरु पक्की भई सकेका छन्, पोखरीहरुमा जाली पनि लगाईएको छ ।”

पूर्वाधारका कारण पनि नेपालमै उत्कृष्ट भावी माउ माछाहरु बिक्रिका लागि केन्द्र उपयुक्त रहेको उनको भनाई छ । शुद्ध नश्लका माउकोप्रजनन् तथा फ्युचर् ब्रुडको उत्पादन प्रत्येक बर्ष बढाउँदै लगेर आर्थिक बर्ष २०८०/०८१ मा करिब ४० हजार ट्याग सहितका फ्युचर् ब्रुड बितरण गर्ने उद्देश्य रहेको गुप्त बताउँछन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा