ताजा अपडेट »

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

आइतबार, १८ मंसिर २०७९, १३ : ५१
2 Shares

काठमाडौं।जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । डोल्पाको ठूलीभेरी नगरपालिका ५ का २६ वर्षीय कुमार बुढालाई जबरजस्ती करणी अभियोगमा शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । 

अभियुक्त बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।