ताजा अपडेट »

हिजाब नलगाएपछि सरकारले भत्कायो इरानी आरोहीको घर

आइतबार, १८ मंसिर २०७९, १० : ४७
3 Shares

तेहरान । आफ्नो बुर्का नलगाएर विदेशमा प्रतिस्पर्धा गर्ने इरानी पर्वतारोही एलनाज रेकाबीको पारिवारिक भिला भत्काइएको बताइएको छ। ३३ वर्षीया रेकाबीले दक्षिण कोरियामा भएको प्रतियोगितामा इरानको अनिवार्य ड्रेस कोड तोडेकी थिइन् । तर, पछि उनले टाउकोको स्कार्फ अनजानमा खसेको बताएकी थिइन् ।

हेडस्कार्फको विरोधले इरानमा प्रदर्शन उग्र बनेको छ । प्रदर्शनकारीले ड्रेस कोड नमान्ने पर्वतारोहीलाई नायकको रूपमा प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोमा उनको घरको भग्नावशेष र उनले प्राप्त गरेका पदक चौउरमा यत्रतत्र छरिएको अवस्थामा देख्न सकिन्छ । त्यस्तै , उनका भाई (जो शीर्ष धावकसमेत हुन) रोइरहेको भिडियोमा देख्न सकिन्छ । 

सरकार विरोधी कार्यकर्ताहरूले रेखाबीविरुद्ध सरकारले बदला लिएको भन्दै निन्दा गरेका छन् । उक्त फुटेज कहिले खिचिएको भन्ने केही उल्लेख गरिएको छैन् । उनको घर पूर्ण रुपमा भत्किएको अर्धसरकारी समाचार निकाय तासनिमले जनाएको छ । गैरकानुनी ढंगले घर भत्काइएको उक्त समाचार संस्थाले दाबी गरेको छ ।-एजेन्सी
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।