ताजा अपडेट »

इन्डोनेसियामा शक्तिशाली भूकम्प

आइतबार, १८ मंसिर २०७९, १० : ३४
17 Shares

क्वालालम्पुर । इन्डोनेसियाको जाभा टापुमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा एक जना घाइते भएका छन् ।  भूकम्पको म्याग्निच्युड ५.७ थियो भने गहिराई ११२ किलोमिटर (७० माइल) थियो । भूकम्पको केन्द्रबिन्दु पश्चिम जाभा सहर बञ्जरबाट १८ किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्यको भूगर्भ सर्वेक्षणले जनाएको छ।

तर इन्डोनेसियाको मौसम विज्ञान निकाय बीएमकेजीले सो भूकम्पको म्याग्निच्युड ६ दशमलब ४ रहेको जनाएको छ ।भूकम्प राजधानी क्वालालम्पुरसहित विभिन्न क्षेत्रमा महसुस गरिएको थियो । इन्डोनेसियामा बारम्बार भूकम्प जाने गर्छ । गत महिना गएको विनाशकारी भूकम्पका कारण सहरमा ३३ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । भूकम्पले पु¥याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।