१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा दर्शक उपभोक्ताको चाप बढ्दै गएको छ । विहीबारदेखि शुरु भएको मेलामा शनिबार दर्शक उपभोक्ताको चाप बढेको मेला मूल आयोजक समितिका संयोजक प्रेम जीएमले जानकारी दिए । शनिबार बिदाको दिन परेकाले दर्शकको चाप बढी भएका आयोजकले जनाएका छन् । शनिबार मात्रै करिब ५० हजार दर्शकले मेलाको अवलोधन गरेको प्रचार प्रसार संयोजक मानबहादुर बर्माले जानकारी दिए ।

मेलामा शनिबार कलाकारहरु रामजी खाँण, प्रिति पासवान, सपाना गाहा, दामोदर बस्याल, एन्जीला रेग्मी, गोकुल न्यौपाने, दिपु मगर लगायतले दर्शकलाई भरपुर मनोरञ्जन दिएको मेलाका साँस्कृतिक उपसमितिका संयोजक युवराज पराजुलीले जानकारी दिए । तिलोत्तमा उद्योग ब्यापार संगठनले आयोजना गरको उक्त मेलाको बिहीबार उद्घाटन भएको थियो । सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । महोत्सवमा २ सय ४१ सय स्टलहरु सहभागि रहेको स्टल ब्यवस्थापन उपसमिति संयोजक सतिश सापकोटाले बताए ।

मेलामा मंसिर २० देखि २३ गतेसम्म महिला कुस्ती प्रतियोगिता हुने र २४ गते ब्याडमिन्टन प्रतियोगिता हुने खेलकुँद उपसमिति संयोजक विवश थापाले उल्लेख गरे । मेला मंसिर २६ गतेसम्म संचालन हुनेछ । यसैबीच मेलामा शनिबार ६ जना अपाङ्ग ब्यक्तिलाई मेला आयोजकले सम्मान गरे । आयोजक तथा सहआयोजक संस्थाका पदाधिकारीले उनीहरुलाई सम्मान गरेका हुन् । त्यस्तै आयोजक संस्थाले बुटवलमा रहेको मानव आश्रम सेवा कार्यालयलाई पनि सहयोग गर्ने घोषणा गरेका छन् । मेलामा आईतबार चर्चित गायक गायिका राजु परियार, आशा बिसी लगायतका कलाकारले मनोरन्जन दिने आयोजकले जनाएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो बालापन झल्काउने गणेशको ‘चियावाला’, हजुरबुवादेखिको पेशालाई नयाँ स्वरुपमा ‘ब्राण्डिङ’ मन्नतको बालकोनीमा किन जान्छन् शाहरुख ? सहकारीको ऋण चुक्ता नगर्ने आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन वृद्धाभत्ता नदिएको भन्दै छोराले गरे बन्चरोले हानेर आमाको हत्या प्रचण्डलाई नेकपा एसको ज्ञापनपत्र- चरम आर्थिक संकट पर्‍याे (पूर्णपाठ) बैतडीका २० बर्षीय युवक चार दिनदेखि बेपत्ता प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने मर्स्याङ्दीपारीबाट वैकल्पिक सडक स्तरोन्नति गर्न पहल यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर डिएसपीसहित ८ सुरक्षाकर्मी मारिएको टिकापुर घटनाको सर्वोच्चमा आज पेसी आजको मौसमः कर्णाली र लुम्बिनीमा पानी पर्न सक्ने, हिमाली भु–भागमा हिउँ पर्ने लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन उम्मेदवार सार्वजनिक दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति