ताजा अपडेट »

बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली

शनिबार, १७ मंसिर २०७९, १९ : २६
28 Shares


बुटवल । शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली सर्वसम्मत निर्वाचित भएका छन् । ज्ञवालीको नेतृत्वमा दोस्रोपटक १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको हो ।

मनोनयनमा दिएका निर्बतमान अध्यक्ष पृथबहादुर फौदारले उम्मेदवारी फिर्ता गरेसंगै सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिका संयोजक डा बुद्ध बहादुर थापाले जानकारी दिए । त्यस्तै समितिको उपाध्यक्षमा गोपाल ज्ञवाली, सचिबमा तिर्थराज पंगेनी, कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ, सहसचिबमा झपटबहादुर (जेबी) गुरुङ निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कमला काफ्ले, जगत पौडेल, दुर्गा नेपाल, रणबहादुर खनाल, रामबहादुर थापा, डोलराज बस्याल, घनश्याम तिवारी निर्वाचित भएको थापाले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।