१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

बुटवल । बुटवलमा नेवार कन्याहरुको सामुहिक ईहि विवाह (बेलविवाह) शुरु भएको छ । श्री नेवा पुच नेवा समाज विकास परिषदको आयोजनामा शुक्रबारदेखि दुई दिने सामुहिक ईहि यज्ञ तथा ब्रतबन्ध कार्यक्रम शुरु भएको हो । नेवारी कला, धर्म, संस्कृति संरक्षण गर्ने उदेश्यका साथ २३ औ संस्करणको कार्यक्रम गर्न सफल भएको परिषदका अध्यक्ष काजीमान श्रेष्ठले बताए ।

काठमाडौका नेवार पंडित हरिशरण राजोपाध्यायले कन्या तथा उनिहरुको अभिभावकहरुलाई विधिपुर्वक ईहि संस्कारका सबै विधिहरु गर्दै आएका छन । नेवार समुदायको कन्या रजश्वाला हुनुभन्दा पहिले गरिने अनिवार्य संस्कारमध्ये ईहि एक भएको उनले बताए । सामुहिक ईहि गरिदा मितब्यायी हुने भएकाले पनि पछिल्लोसमय यसमा आकर्षण रहेको उनले बताए । पुचमार्फत विभिन्न अक्षयकोषहरु छन । जसबाट विभिन्न सामाजिक कार्यहरु गर्दै आएको उनले बताए ।

नेवार पितृहरुको सम्झनामा पितृ अक्षयकोष स्थापना गरेर यसमा ४ लाख रुपैयाभन्दा बढि रकम जम्मा भएको उनले बताए । पुचका सचिव तथा संयोजक लक्ष्मी श्रेष्ठले वार्षिक रुपमा ईहिलाई निरन्तरता दिदै आएको बताईन। यो वर्ष ३३ जना नेवार कन्याहरु सहभागी रहेका छन । सात जनाको ब्रतबन्ध समेत हुने उनले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड