ताजा अपडेट »

भिम रावललाई बालेनको जवाफ: 'तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन'

शुक्रबार, १६ मंसिर २०७९, २० : २१
4 Shares

बुटवल । काठमाण्डौ उपमहानगरका मेयर बालेन शाहले एमाले नेता भिम रावलले उठाएको प्रश्नको जबाफ सामाजिक सञ्जालबाट फर्काएका छन् । अमेरिकी राजदुतसँग भेटेकोप्रति एमाले नेता रावलले प्रश्न उठाएपछि बालेनन्ले प्रराष्ट्र मन्त्रालयबाट अमेरिकी राजदुतले अनुमती लिएर आफूलाई भेट्न आएको स्पष्ट पारेका छन् ।

अमेरिकी राजदुतले आफूलाई पटक-पटक भेट्न खोजेपछि परराष्ट्र मन्त्रालयमा अनुमती लिन आग्रह गरेको र सोही अनुसार उनीहरु आएर आफूलाई भेट गरेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेखेका छन्-'अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं ।'

मेयर बालेन शाहले विदशीसँग सहयोग माग्नै कुनै रहर नभएको उल्लेख गर्दै आर्थिक सहयोग गर्ने अमेरिकी राजदुतको प्रस्तावलाई अस्वीकार गरेको उल्लेख गरेका छन् । उनीहरुलाई बरु अमेरिकामै नेपाली सभ्यताको मन्दिर निर्माणका लागि आर्थिक सहयोग गर्न तयार रहेको सुझाब दिएको बालेनले बताएका छन् । सामाजिक सञ्जालमा उनले लेदेका छन्-'हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले (अमेरिकी राजदुत) हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ ।'

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।