ताजा अपडेट »

सरसफाइकर्मीका परिवारलाई स्वरोजगार र उद्यममा जोड्छौ: पाण्डे

शुक्रबार, १६ मंसिर २०७९, १८ : ३५
12 Shares


बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सरसफाइकर्मीका परिवारलाई सीपमूलक तालिममार्फत स्वरोजगार र उद्यममा जोड्ने बताएका छन् ।

सरसफाईकर्मीसँगको नियमित छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवललाई सफा र सुन्दर राख्ने काम महत्वपूर्ण भएकाले दत्तचित्त भएर लाग्न आग्रह गरे ।उनले बुटवल नगरभित्र धेरै सडकहरु निर्माणको चरणमा रहेकाले सफा राख्नका लागि विशेष चासो दिन सरसफाईकर्मीलाई आग्रह गरे।

‘बुटवललाई हामीले देशकै सफा र सुन्दर शहर बनाउने गरी काम गर्नुपर्छ, त्यसको सुरुवात तपाइँहरुबाट हुन्छ, उनले भने–तपाइँहरुले मन मष्तिस्क लगाएर नगरलाई सफा राख्नुभयो भने मात्रै हामी उत्कृष्ट बन्न सक्छौं, त्यसमा तपाइँहरुलाई पनि गर्व हुनेछ ।’ उनले मुख्य सडक, सार्वजनिक स्थलहरु र बसपार्क सरसफाईलाई विशेष प्राथमिकता दिन आग्रह गरे ।

उनले अबदेखि सरसफाईकर्मीको मासिक स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराउने र शहरी स्वास्थ्य केन्द्रहरुमार्फत औषधि उपचारमा सहज बनाउने बताए ।

छलफल कार्यक्रममा सरसफाईकर्मी चिते दमाई, दीपक दमाइलगायतले बोल्दै सरसफाइका क्रममा देखिने समस्याका बारेमा बताएका थिए। कार्यक्रममा सरसफाईकर्मीहरुलाई बुट, मास्क, सेनेटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।