ताजा अपडेट »

कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

शुक्रबार, १६ मंसिर २०७९, १८ : २२
17 Shares

काठमाडौं । वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–१० का २७ वर्षीय रामकृष्ण आचार्य रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

सामाजिक संजालको माध्यामबाट पीडितहरुसँग सम्पर्क गरी आफू कम्बोडियास्थित होटेल सेक्यूरिटि गार्डमा काम गरिरहेको भन्दै उनले २३ लाख ९७ हजार ठगी गरेको प्रहरीले आरोप लगाएको छ । कम्बोडियाको आकर्षक तलव सुविधासहितको सेक्यूरिटि गार्डमा काम मिलाई दिने बहानामा आचार्यले प्रोसेसिङका लागि भन्दै २३ लाख ९७ हजार पीडितबाट बैंकमा जम्मा गर्न लगाएर ठगी गरेका हुन् । 

प्रहरीका अनुसार उनले विभिन्न ब्यक्तिहरुको नाममा संचालित बैंक खातामा पैसा जम्मा गर्न रकम जम्मा गर्न लगाएका थिए । पक्राउ परेका आचार्यलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।