ताजा अपडेट »

निबन्ध लेखन प्रतियोगितामा इडन प्रथम

शुक्रबार, १६ मंसिर २०७९, १८ : १८
30 Shares

बुटवल । प्याब्सन बुटवलद्वारा आयोजित माविस्तरीय स्थलगत निबन्ध लेखन प्रतियोगितामा इडन स्कुलको कक्षा १० मा अध्ययनरत छात्र दिलिप कुँवर प्रथम भएका छन् । विद्यालयका अतिरिक्त विभाग प्रमुख कुशल बस्यालका अनुसार बुटवल उपमहानगरपालिकामा रहेका प्याब्सन आवद्ध विद्यालयका विद्यार्थीहरु सो प्रतियोगितामा सहभागिता भएका थिए ।

त्यसैगरी प्राथमिक तह चित्रकला प्रतिगोगितमा सोही विद्यालयको कक्षा ५ मा अध्ययनरत कृष्टा अर्यालले सान्त्वना स्थान पाएकी छन् । बुटवलको आवर पिसल्याण्ड एकेडेमीमा शुक्रबार भएको प्रतियोगितामा बुटवल क्षेत्रका २३ विद्यालय सहभागिता रहेको कार्यक्रम संयोजक शिवहरि भट्टराईले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।