ताजा अपडेट »

अपाङ्गताको न्यायमा पहुँच सहजताका लागि साझा पहल जरुरी

शुक्रबार, १६ मंसिर २०७९, १७ : ५९
10 Shares

बुटवल । अपाङ्गता भएका व्याक्तिहरुको न्यायमा सहज पहुँचताका लागि सबैले हातेमालो गर्नुपर्ने एक कार्यक्रका सहभागीहरुले जोड दिएका छन् । राष्ट्रिय अपाङ्ग महासंको आयोजनामा बुटवलमा भएको ‘न्यायमा पहुँच’ सम्बन्धी सार्वजनिक सुनवाइ तथा संवाद कार्यक्रममा सहभागीहरुले सहज न्याय प्राप्तीको लागि सामुहिक रुपमा लाग्नुपर्ने बताएका हुन ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उच्च अदालत तुलसीपुर बुटवल ईजालास रजिष्ट्रार अच्युत कुईकेलले अपाङ्गता हुँदैमा संविधान तह व्यवस्था गरिएको न्यायमा सहज पहुँचताका लागि आफ्नो सहयोग कुनै पनि कमी नहुने बताएका थिए । उनले यदि कतैबाट अपाङ्गता भएकै करण न्याय नपाएको भन्ने गुनासो आएमा त्यसको समस्या समाधानका लागि आफूले जुनसुकै तहबाट पहल गर्ने प्रतिवद्धता समेत जनाए । राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख सोमनाथ सुवेदीले अपाङ्गता भएका व्याक्तिहरुको न्यायका लागि प्रहरी, प्रशासन तथा अन्य निकायले समेत समस्याको सुनवाई नगरेमा आफूहरुले यो विषयलाई गम्भिर रुपमा लिएर काम कारवाही अगाडि बढाउने प्रतिवद्धता जनाए । उनले यसको लागि आयोगले अपाङ्गता भएका व्याक्तिहरुको लागि हेर्ने छुट्टै फोकल पर्सन समेत व्यवस्था गरेको भन्दै यसको लागि सम्बन्धीत अपाङ्गता भएका व्याक्तिहरुकै घरमा हिंसा भैरहेको स्थानमा पुगेर समस्या समाधानका लागि पहल गरिने बताए ।

नेपाल बार एशोसीयसन उच्च अदालत तुलसीपुर बुटवल ईजालास एकाई अध्यक्ष कैलाश चन्द्र ज्ञवालीले नेपाल बारले अपाङ्गताको मुद्दा हेर्नको लागि निःशुल्क व्यवस्था गर्ने समेत प्रतिवद्धता जनाए । उनले यसको लागि बारका सदस्यहरुलाई समेत भनेर अपाङ्गता हिंसा पीडितहरुको सेवाका लागि बारले निःशुल्क वकालन गर्ने प्रतिवद्धता जनाएका हुन । ईलाका प्रहरी कार्यालय बुटवलका सहायक प्रहरी निरीक्षक निर बहादुर थापाले अपाङ्गता सम्बन्धी हिंसा वा कुनै पनि पीर–मर्का परेको वखतमा प्रहरी कन्ट्रोल नम्बर १०० मा तत्काल फोन गरेर जानकारी दिनको लागि आग्रह गरे । उनले यसरी प्रहरीले तत्काल सम्बन्धीत स्थानमा गएर समस्या समाधान गर्ने बाटोमा लग्ने प्रतिवद्धता जनाए । प्रहरीलाई आफ्नो साथी जस्तै ठानेर सोही अनुसारको सेवा प्रवाहमा सहजीकरण र आफूमा भएको समस्या जानकारी दिनको लागि उनले आग्रह गरे ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गता हुँदैमा कोही कमजोर नहुने भन्दै यसको लागि आफूमा भएको प्रतिभा वा पिर मर्का वाहिर ल्याउन आवश्यक भएको बताए । उनले आफूहरुको न्यायका लागि प्रहरी प्रशासन, सम्बन्धित निकाय, विभिन्न संघ संस्थाहरु समेत तयार रहेको भन्दै सोही अनुसारको सहकार्य गर्न आवश्यक रहेको बताए । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका नवनिर्वाचित संघीय परिषद् सदस्य सावित्रा घिमिरे, शिला क्षत्री, महासंघ लुम्बिनी प्रदेश सचिव सन्तोष पन्थी, महासंघ लुम्बिनी प्रदेश अधिकृत गोमा पन्थी, परियोजनाका सरोजा भण्डारी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

कार्यक्रमा शुस्तमनस्थी भएका व्याक्ति तथा अभिभावक, शारिरिक अपाङ्गता भएका व्याक्तिहरु, दृष्टिविनिह, बहिरा, हेमोफेलिया भएका सहित विभिन्न अपाङ्गता भएका व्याक्तिहरुको सहभागीता रहेको थियो । अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच सम्बन्धी परियोजना सिविएमको संयोजनमा राष्ट्रिय अपाङ्ग महासंघले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।