ताजा अपडेट »

सरकारमा युवाहरुले नेतृत्व लिनु पर्छः डा.चन्द्र भण्डारी

शुक्रबार, १६ मंसिर २०७९, १४ : ३४
76 Shares

गुल्मी । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्वर १ का सांसद डाक्टर चन्द्र भण्डारीले ईच्छा शक्ति भएमा उमेरले फरक नपार्ने तर उमेर ढल्केका र शारीरिक रुपमा अशक्त भएका नेताहरुको नेतृत्वबाट वर्तमानमा देखिएका चूनौतीको समाधान हुन नसक्ने धारणा राखेका छन् ।

शुक्रवार गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा नव निर्वाचित सांसद भण्डारीले वर्तमान पार्टीका कतिपय नेताहरुको उमेर ढल्केसँगै शारीरिरक रुपले अशक्त भएकाले चूनौतीको समाधान गर्न नसक्ने धारणा राखेका हुन् । वर्तमान समस्यालाई समाधान गर्नका लागि युवाहरुको जोश र जाँगरबाट समस्याहरु समाधान हुन सक्ने भन्दै युवा नेताहरुको नेतृत्व आउनुपर्नेमा उनको जोड थियो ।

सरकारको नेतृत्व कसले गर्ने भन्ने बारे पार्टीभित्र र गठबन्धन भित्र बसेर सहमति गरेर अघि बढ्ने बताए। पार्टीभित्र र गठबन्धन भित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै सरकार गठन हुने उनको दाबी छ । जिल्लामा आफूले २०७० सालमा सुरु गरेका सबै विकास निर्माण अधुरै राखिएकोले त्यसलाई पुरा गर्ने तथा नयाँ विकास निर्माणका कामहरुलाई पूरा गरी जिल्लालाई नमुना बनाउने उनको उद्घोष थियो ।

उनले आफूलाई जिताउन सहयोग गर्ने जिल्लाका सबै पत्रकारहरुलाई धन्यवाद समेत दिए । त्यस्तै सोही क्षेत्र प्रदेश २ बाट विजयी प्रदेश सांसद धनेन्द्र कार्कीले पनि सबै सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई धन्यवाद दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।