१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

बुटवल । कपिलवस्तुमा एक भारतिय नागरिकमाथि गोली प्रहार भएको छ । बिहीबार साँझ कपिलवस्तुको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको हो । तर गोली प्रहार गर्नेको पहिचान हुन सकेको छैन ।

नेपालमा रहेको एक होटलमा बसेका भारतको सिद्धार्थनगर अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि बिहीबार साँझ दुई गोली प्रहार भएको हो ।नेपाली सीमा क्षेत्रको चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खानमाथि दुई जना अज्ञात व्यक्तिले गोली प्रहार गर्दा उनलाई काँध र कम्मरमा गरी दुई गोली लागेको छ ।

गोली लागेका उनलाई उपचारको लागि भारतको नौगढ हुँदै गोरखपुर मेडिकल कलेज पुर्‍याइएको छ । बिहीबार साँझ भारतीय नागरिकमाथि दुई गोली प्रहार भएको र भारतीय प्रहरीसँगको समन्वयमा अनुसन्धान अगाडि बढाइएको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी दिए ।घटनाका बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड