ताजा अपडेट »

उद्योगका चापी बैंकलाई बुझाएर आन्दोलन थाल्छौं : उद्योगी व्यवसायी

विहीबार, १५ मंसिर २०७९, १८ : २९
23 Shares

रुपन्देही । बैंकहरुले मनपरी ब्याज वृद्धि गर्दा उद्योगहरु धरासायी हुने अवस्था आएको भन्दै उद्योगी ब्यवसायीले ब्याज नघटे उद्योगमा तालाबन्दी गरेर बैंकलाई चापी बुझाउने चेतावनी दिएका छन् ।

तिलोत्तमा उद्योग ब्यापार संगठनले विहीबारदेखि आयोजना गरेको दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले बैंकहरुले ब्याज नघटाए चरणबद्ध आन्दोलन समेत गरिने उल्लेख गरे । बैंकहरुलाई उद्योगका चापी बुझाएर चरणबद्ध आन्दोलन थालिने उनीहरुले बताए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले उद्योगीले उठाएका जायज मागलाई सरकारले समन्वय गरेर समाधान गर्नुपर्ने उल्लेख गरे । कोभिड १९ र बैंकको ब्याज वृद्धिले उद्योगी ब्यवसायी थलिएको अवस्थामा उनीहरुको समस्या समाधानको लागि नगरपालिकाले सधै साथ दिने बचनबद्धता ब्यक्त गरे । तिलोत्तमामा स्थायी प्रकारको औधोगिक ब्यापार गर्ने स्थल नभएकाले त्यसको ब्यवस्थापनमा नगरपालिकाले आवश्यक पहल गर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग ब्यापार महासंघका अध्यक्ष खिमलाल भण्डारीले उद्योगीका समस्या समाधान गर्न पटक पटक अर्थमन्त्रालय र सरोकारवालाई ध्यानाकर्षण गराईरहेको बताउदै तत्काल बैंकहरुले ब्याज नघटाए चरणबन्द आन्दोलन थालिने बताए । उद्योगका तालाचापी बैंकलाई बुझाएर आन्दोलन थालिने उनले उद्घोष गरे । सरकारले उद्योगमैत्री नीति ल्याउन नसकेको भन्दै उनले लगानीमैत्री वातावरण बनाउन सरकारलाई आग्रह गरे । वैंकको चर्को ब्याजले उद्योग ब्यवसाय धरासायी हुुने अवस्था सृजना भएको उनले उल्लेख गरे ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरीदेवि चौधरीले मेला सफल बनाउन तिलोत्तमाबासी सबैको सहयोग आवश्यक रहेको बताइन् । उनले मेला सफल पार्न नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने उल्लेख गरिन् । कार्यक्रममा उद्योगी ब्यवसायीहरु गुणनिधि भण्डारी, अनिल ज्ञवाली, हेमलाल न्यौपाने, रोहितराज क्षेत्री लगायतले बोल्दै निर्वाचनका कारण उद्योगीको आन्दोलन स्थगित गरिएको र अबै फेरि चर्को ब्याजबिरुद्ध आन्दोलन थालिने उल्लेख गरे । मेलाले थलिएको अर्थतन्त्रलाई चलाएमान बनाउन सहयोग पुग्ने उनीहरुले धारणा राखे ।

तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जीएमको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका हितराज पन्थी, माओवादी केन्द्रका निर्मल जीसी लगायतले पनि उद्योगीका समस्या समाधानका लागि आफूहरु तयार रहेको उल्लेख गरे ।तिलोत्तमा उद्योग बाणिज्य संघ र तिलोत्तमा चम्बर अफ कमर्श सहआयाजक रहेको महोत्सव मंसिर २६ गतेसम्म चल्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।