ताजा अपडेट »

वेस्टर्न युनियनद्वारा बम्पर विजेतलाई दश तोला सुन

विहीबार, १५ मंसिर २०७९, १६ : २२
24 Shares

काठमाडौँ । वेस्टर्न युनियनका प्रतिनिधि एटीटी रेमिटले रेविका सुनुवारलाई दश तोला सुन हस्तान्तरण गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा काठमाडौँ बस्दै आएकी धरानकी रेविका सुनुवारलाई सो सुन हस्तान्तरण गरिएको हो ।

उनले वेस्टर्न युनियनको सुनापती अभियानको बम्पर लक्की ड्रमा दश तोला सुन जितेकी थिइन्। वेस्टर्न युनियनका प्रमुख एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।