ताजा अपडेट »

विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह

बुधबार, १४ मंसिर २०७९, १६ : ४२
10 Shares

गुल्मी । केही नेताहरूले अरु कसैले गरेकाे कामलाई पनि मैले गरेकाे भन्दै सामाजिक सन्जालका वालहरु रँगाउछन तर छत्रकाेट गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले गाउँपालिका भित्र धेरै काम गरेपनि यसरी गरिएका कामहरूलाई राजनैतिक रँग दिँदै अतिरन्जित रुपमा प्रचारप्रसार नगर्न आग्रह गरेका छन ।
छत्रकोट गाउँपालिकाको वडा नं. ४ पिपलनेटा देखि घडेरीटोल सम्म मोटरबाटो कालोपत्रे गर्न सुरूवात कार्यक्रममा बाेल्दै उनले विकासका कामहरुमा राजनीतिक पुर्वाग्रह राखेर विकासका उपलब्धिहरुलाई भ्रम सिर्जना गर्दै अतिरन्जित हल्ला नगर्न सल्लाह दिए ।

बुधबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले कालोपत्रे कार्यकाे शुभारम्भ गरे । लुम्बिनी प्रदेश र गाउँपालिकाको संयुक्त लगानिमा १३ सय मिटर बाटो करिब २ करोड ३ लाख रूपैयाको लागतमा आगामी असार मसान्त सम्ममा सम्पन्न हुने गरि काम सुरू गरिएको हाे ।

सुभारम्भ कार्यक्रममा बोल्दै पालिका अध्यक्ष पाण्डेयले पिपलनेटा दौघा,बिरबास कोलधरी र भेडुवा सिस्ने मोटरबाटो स्तरउन्नती गरि कालोपत्रे गर्ने लगायतका विभिन्न पूर्वाधारका काम र स्थानियसंग जोडिएका अन्य काममा चालू ६ महिनामा उल्लेख्य काम भएको दाबी गर्नु गरे ।

उनले नवनिर्वाचित प्रदेश र संघका जनप्रतिनिधि सबैका प्रतिनिधि भएकोले रचनात्मक सहयोग अपेक्षा राखेको बताए ।
कार्यक्रमको सहजिकरण योजना अधिकृत हरि टण्डनले गरेका थिए । योसंगै छत्रकोट गाउँपलिकामा तानसेन तम्घास मुख्य सडक बाहेक शाखा मोटर बाटो कालोपत्र गर्न लागिएको दोस्रो बाटो हो तर पहिलो भेडुवा हुँगा मोटर बाटो कालोपत्रेको काम निर्माण ब्यवसायीका लापरबाहीका कारण अलपत्र छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।