१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

भैरहवा । नेपाल नेत्र ज्योति संघका अध्यक्ष प्राडा चेतराज पन्तले भैरहवास्थित आँखा अस्पताल परिसरभित्रै अत्याधुनिक मोडुलर शल्यक्रिया कक्षसहितको भवन छिटै शुभारम्भ हुने बताएका छन्। 

Advertisement

नेपाल नेत्र ज्योती संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालको ४०औँ स्थापना दिवसको अवसरमा  पन्तले अस्पतालको स्तरोन्नति समय र समाजको माग सँगसँगै प्रवृद्धि तथा आवश्यकताअनुसार बदल्दै लैजानु पर्ने बताए । उनले विकासको फड्कोसँगै यसलाई स्तरबृद्धि गर्दै लानुपर्ने कुरामा नेत्र ज्योती संघ पछि नपर्ने बताउदै अत्याधुनिक मोर्डन अस्पतालको रुपमा आधुनिक मोडुलर शल्यक्रिया कक्षसहितको भवन यथासिघ्र शुभारम्भ गर्नुपर्ने बताए । 

‘जनशक्ति र उपकरण ल्याउने कुरामा हामी पछि पर्दैनाैँ, सुरुवात गरौँ, यसलाई नमुना अस्पतालको रुपमा बनाउने संकल्प लिएर । उपचार नपाएर कोही दृष्टिविहीन नहोस् भन्ने हाम्रो मुख्य ध्येय छ,’ अध्यक्ष पन्तले भने ।  नेपाल नेत्र ज्योती संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल रुपन्देहीले ३७ जनालाई विभिन्न अवार्ड र पदकबाट सम्मान गरेको छ । 

४० औ स्थापना दिवसमाको अवसरमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थीहरु मध्ये २७ जनालाई दीर्घ सेवा पदक, ४ जनालाई उत्कृष्ट कर्मचारी अवार्ड र अन्य विभिन्न व्यक्तित्वलाई विभिन्न पदलकले सम्मान गरेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो बालापन झल्काउने गणेशको ‘चियावाला’, हजुरबुवादेखिको पेशालाई नयाँ स्वरुपमा ‘ब्राण्डिङ’ मन्नतको बालकोनीमा किन जान्छन् शाहरुख ? सहकारीको ऋण चुक्ता नगर्ने आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन वृद्धाभत्ता नदिएको भन्दै छोराले गरे बन्चरोले हानेर आमाको हत्या प्रचण्डलाई नेकपा एसको ज्ञापनपत्र- चरम आर्थिक संकट पर्‍याे (पूर्णपाठ) बैतडीका २० बर्षीय युवक चार दिनदेखि बेपत्ता प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने मर्स्याङ्दीपारीबाट वैकल्पिक सडक स्तरोन्नति गर्न पहल यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर डिएसपीसहित ८ सुरक्षाकर्मी मारिएको टिकापुर घटनाको सर्वोच्चमा आज पेसी आजको मौसमः कर्णाली र लुम्बिनीमा पानी पर्न सक्ने, हिमाली भु–भागमा हिउँ पर्ने लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन उम्मेदवार सार्वजनिक दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति