ताजा अपडेट »

एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति

बुधबार, १४ मंसिर २०७९, १० : २३
12 Shares

बुटवल । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का अलपत्र पार्ने १२ ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । मंगलबार कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

 तर, देशैभर समयमा काम सम्पन्न नगर्ने तथा गुणस्तरिय काम नगर्ने १२ ठेकेदार कम्पनीहरुलाई कालो सूचीमा राखिएपनि बुटवल बेलहिया सडकको बुटवल चिडियाखोला खण्ड अलपत्र पार्ने र नेपालगन्ज गुलरिया चारलेन सडक अन्तर्गत बाँकेको खजुरा र बर्दियाको गुलरियामा सडक अलपत्र पार्ने ठेकेदार कम्पनीलाई भने उन्मुक्ति दिइएको छ ।

बुटवल चौराहा चिडियाखोला खण्डको सडक अलपत्र पार्ने द कञ्चनजंघा(बिरुवा जेभी काठमाडौं र बाँकेको खजुरा र गुलरियामा ५ वर्ष देखि सडकको बेहाल बनाउने गजुरमुखी निर्माण सेवालाई उन्मुक्ति दिँदै सडक विभागले अन्य १२ ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको हो । यी दुबै ठेकेदार कम्पनीको पटक पटक म्याद सकिएपनि सडक विभागले म्याद ठप गर्ने गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।