ताजा अपडेट »

कालिका मा.विले पायाे पक्की भवन

मंगलबार, १३ मंसिर २०७९, १६ : ४९
33 Shares

जुम्ला । हिमा गाउँपालिकास्थित कालिका मा.वि बड्कीमा पक्की भवन निर्माण भएको छ ।  लामो समयदेखि भौतिक संरचना अभावमा रहेका यहाँ विद्यार्थीले अब पक्की भवनमा बसेर अध्ययन गर्न पाउने भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतका दुई भवन एकैसाथ उद्घाटन गरेकाे कालिका माध्यमिक विद्यालयले जनाएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर शाहीले राष्ट्रिय योजना आयोगको एक कराेड आठ लखा सहयोगमा चारकोठे पक्की भवन निर्माण भएको बताए । उनका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई कोठे भवन भएकाे निर्माण हो । नवनिर्मित भवन उद्घाटन हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।